Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा आलोपालो सहमति नभएसम्म माओवादी सरकारमा नजाने



विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ मा सरकारमा नजाने भएको छ । केन्द्रमा मुख्यमन्त्रीको आलोपालो सहमति नभएकोले माओवादी सरकारमा नजाने भएको हो ।

मुख्यमन्त्रीका दाबेदार तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा आलोपालो नेतृत्व गर्ने सहमति गरेर आएपनि त्यो नभएपछि आफूहरु सरकारमा नजाने बताए । उनले भने, ‘आलोपालो गर्ने सहमति नभएसम्म सरकनरमा जादैनौ ।’

आइतबार आङ्बोले काठमाडौंमा प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेर आएको बताएका थिए । तर, केन्द्रीय नेताहरुको बैठकले प्रदेश १ सरकारको नेतृत्व पुरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको थियो ।

प्रदेशको नेतृत्व आलोपालो गर्ने पूर्व सहमति उल्ट्याइएको भन्दै निर्णय नसच्याएसम्म सरकारमा सहभागी नहुने आङ्बोले बताए ।

प्रदेश १ मा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की हिजो (आइतबार) मुख्यमन्त्री नियुक्त भइसकेका छन् । कार्कीले आज शपथग्रहण गरे माओवादीसहितको सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका थिए ।

प्रदेश १ मा केन्द्रीय भागबन्डाअनुसार मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादीलाई दिने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार