विराटनगर : नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालय पुगेर दावी पेश गरेका छन् । उनले गठबन्धन दलका अन्य नेतासहित प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर दावी पेश गरेका हुन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रदेशसभाका बहुमत सदस्यहरुले दावी पत्र दर्ता गराएका हुन् ।
प्रदेशसभाका ९३ संसदमध्ये ६० जनाको समर्थन लिएर कार्की प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।
एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले कार्कीलाई समर्थन गरेका छन् । मुख्यमन्त्रीको नियुक्तिपछि शपथ ग्रहण तय हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।