Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बृहत् वाम एकताका लागि माओवादीले बनायो पाँच सदस्यीय कार्यदल



काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले वाम एकताका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा गठन गरिएको कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।

कार्यदलले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपासहितका वामपन्थी दलसँग एकताको प्रयास गर्नेछ ।

शनिबार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भट्टराईबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार