Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको इक्राहीमा बीटूबी कार्यक्रम सम्पन्न



विराटनगर : विराटनगर महानगरपालिका ४, इक्राहीमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को अयोजनामा बीटूबी (बिजनेस देखि बिजनेस) सम्पन्न भएको छ । कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको सहकार्यमा बीटूबी कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय उत्पादक र व्यवसायीबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विराटनगर दुग्घ वितरण आयोजना अधिकृत विनोद चौधरी, जीवन विकास डेरीका प्रबन्धक विनोद नेपाल, सूर्योदय मिल्क एन्ड बेभेरेज प्रा.लि.का प्रतिनिधि गुरुप्रसाद अधिकारी, शिवम् डेरी एन्ड फुडका उत्पादन प्रमुख विजय तबदारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तुलागंगा कृषि फार्मका सञ्चालक विष्णु दुलालले दुग्ध व्यवसायीहरूको उत्पादन लागत बढ्न गई व्यवसाय संचालनमा समस्या भोगिरहेको बताए । भोला कृषि फार्मका सञ्चालक भोला यादवले कोरोना कालमा दुग्ध उत्पादकहरूप्रति उद्योगीहरूले गरेको व्यवहारले दुस्खी बनाएको बताए । उक्त कार्यक्रममा सो क्षेत्रका ३५ जना भन्दा बढी दुग्ध उत्पादकहरूको सहभागिता रहेको थियो ।

त्यस्तै मासुजन्य उत्पादक र व्यवसायी वीचको अन्तक्रिया कार्यक्रममा मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभाषचन्द्र शिवाकोटी, सदस्य रोशन बन र टंक प्रसाद गौतमसहित ३० जनाको उपस्थिति रहेको थियो । मासु उत्पादकहरूबाट कुखुरा, खसीमा लाग्ने दानाको मूल्य बारम्बार वृद्धि हुनाका कारण व्यवसाय धान्न धौधौ परेको बताए । कार्यक्रममा व्यवस्थित बधशाला र कोल्ड स्टोरेजको आवश्यकता र खुला सिमाका कारण आयातित कुखुरा, खसीले मूल्य श्रृंखलामा असर परेको कुराको सहभागिहरूले उठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार