Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने



काठमाडौँ : राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ महिनाकाे २५ गते हुने भएको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा उपनिर्वाचन गर्नका लागि उक्त मिति ताेकेकाे हाे।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यबाट निर्वाचनअघि राजीनामा दिएका थिए।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहेको उक्त सिटका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियाे।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहलसँग छलफलका क्रममा आयोगका पदाधिकारीहरूले दिएकाे उक्त सुझाबमाथि आज बसेकाे मन्त्रिपरिषद् बैठकले छलफल गरी साेही मितिमा गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार