विराटनगर : नेकपा एमालेले आकांक्षीको संख्या बढी भएका कारण मधेश प्रदेशमा चयन गर्न नसकेको संसदीय दलको नेता सर्वसम्मतीले चयन गरेको छ । एमालेले मधेशको संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन गरेको हो ।
उनलाई एमालेको मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा चयन गरेको हो । आकांक्षीहरू बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो ।
उनी महोत्तरी क्षेत्र ४ को प्रदेश (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मधेश प्रदेशमा एमाले सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा एमालेका २३ संसद छन् ।