काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन्।
देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन्।
देउवाका विश्वास पात्र मानिने लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन्। अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ।
