Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ : प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान



विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ ।

पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरिएको पत्रमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।’

प्रदेशसभामा नेकपा एमाले ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, राप्रपा ६, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक संसद छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ संसद आवश्यछ पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार