Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ राप्रपा संसदीय दलको नेताका सिटौला सर्वसम्मत चयन



विराटनगर : प्रदेश नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । शुक्रबार झापामा प्रदेश  अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतामा राप्रपाका प्रवत्तासमेत रहेका भक्तिप्रसाद सिटौला चयन भएका हुन् ।

दलको नेता चयन भएका सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभामा प्रत्यक्षतर्फ २ र समानुपातिकमा ४ गरी राप्रपाका ६ संसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार