कांग्रेस कोशी प्रदेशका संंसदीय दलका नेता उद्धव थापा
विराटनगर : नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । उनी १८ मतका साथ विजयी भएका हुन् ।
यस्तै उनका प्रतिस्पर्धि केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेका छन् ।
प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन् ।
दलको नेतामा निर्वाचित भएका थापा कांग्रेस प्रदेश १ का सभापति हुन् । उनी कृष्णप्रसाद सिटौला निकट हुन् ।