Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसले सवल प्रपिपक्षको भूमिका निर्वाह गर्छ : डा. कोइराला



विराटनगर : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेसले अब सवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । बिहीबार विराटनगरस्थित कोइराला निवासमा प्रदेशसभामा कांग्रेसबाट निर्वाचित संसदहरुको लागि आयोजित चियापान कार्यक्रममा बोल्दै उनले कांग्रेस अब सरकार र सडकमा थप सक्रिय बन्ने बताए ।

यस्तै उनले कांग्रेस आफैमा ठूलो पार्टी भएकोले सरकारमा नजाँदैमा नखुम्चिने बताए । ‘कांग्रेसका सरकारमा नजाँदैमा खुम्चिदैन् । हामी संसदमा ठुलो पार्टी छँदै छौँ । हामी प्रतिपक्षमा रहेर थप सक्रिय भूमिका निर्वाह गर्ने छौं,’ उनले भने ।

हिजोका दिनमा भएका गलत कुराको आत्माआलोचना गर्दै अब बन्ने सरकारले गर्ने गलत कामबारे आफूहरुले कुरा उठाउने उनको भनाई छ । उनले भने, ‘गलतलाई गलत नै भन्ने हो त्यो आँट राखेर म अगाडि बढेको छु । नेपाली कांग्रेसकै सरकारको गलत कुरा पनि भनिएको हो अब पनि भन्ने हो ।’

कांग्रेसकै कमजोरीका कारण नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँगको सहयोग लिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार