Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश प्रमुखद्वारा प्रदेशसभाको प्रथम अधिवेशन आव्हान



विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन् । उनले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिउँसो १ बजेका लागि आव्हान गरेका हुन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आव्हान गरेको खापुङले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार