Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसले प्रदेश १ मा पुस १५ गते संसदीय दलको नेता चयन गर्ने



विराटनगर : प्रदेश १ मा नेपाली कांगे्रसले पुस १५ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । सोमबार प्रदेशसभा सदस्यको शपथग्रहणपछि बसेको कांग्रेस प्रदेश १ को कार्यसमिति बैठकले दलको नेता पुस १५ गते चयन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रदेशसभा सदस्य उद्धव थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रयास हुने बताए । सहमति जुट्न नसके निर्वाचनको प्रक्रिया अघि बढ्ने र दलको नेतामा आफ्नो दावेदारी रहने उनको भनाई छ ।

यस्तै नेपाली कांग्रेसले प्रदेशको दलको नेता छान्न राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ रहेका छन् ।

प्रदेशसभामा १७ जना प्रत्यक्ष र १२ जना समानुपातिकमा गरी कांग्रेसले २९ संसद जितेको छ । संसदीय दलको नेताका लागि प्रदेशसभापति थापासँगै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टी केन्द्रीय सदस्यहरु अमृत अर्याल, भीम पराजुली र प्रदीप सुनुवारको दाबेदारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार