विराटनगर : प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गते आइतबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण पश्चात् मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभाको प्रथम अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशनका लागि आह्वान सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।