Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डले आजै सानो मन्त्रीमण्डल गठन गर्ने, नारायणकाजी उपप्रधानमन्त्री बन्दै



विराटनगर : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै सानाे आकारकाे मन्त्रीमण्डल गठन गर्ने भएका छन्।

प्राधानमन्त्री प्रचण्डले दिउँसाे ४ बजे राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सानाे आकारकाे मन्त्रीमण्डल बनाउने तयारी भएकाे माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्।

साेमबार बिहान बसेकाे माओवादी पदाधिकारी बैठकले पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

उनी हाल राष्ट्रियसभाका सदस्य रहेका छन्। श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन्।​

मन्त्रालयमा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुँदैछजन्।

प्रतिक्रिया
सम्बन्धित समाचार