विराटनगर : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले केपी शर्मा ओलीको कुशल नेतृत्वले अहिले परिणाम आएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
चुनाव गराउनेको बहुमत नआउनु भनेको विकल्पमा जाने जनादेश भएको बताउँदै उनले संसदीय लोकतान्त्रिक मुलुकमा अहिलेको परिस्थिति स्वभाविक मान्नुपर्ने बताए ।
‘२०७९ पौष ७ गते बिहान भएको नेकपा एमाले केन्द्रिय सचिवालयको बैठकको मुल स्प्रिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलता पूर्वक नेतृत्व गरेको परिणाम आयो’, उनले लेखेका छन्, ‘चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो । संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाबिक मान्नु पर्छ ।’