काठमाडौं : प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १६६ सांसदको समर्थन रहने भएको छ। उनी नयाँ सरकार गठनका लागि ती सांसदकाे समर्थन लिएर शीतलनिवास पुगिसकेका छन् ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४,जनता समाजवादी पार्टी १२ , जनमत पार्टीको ६ र लोसपाको ४ सिट रहेको छ।