Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको कार्यक्षमताको विषयमा गम्भीर प्रश्न उठ्यो : योगेश भट्टराइ



विराटनगर : नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संघीयताको एक चरणको अभ्यास पुरा भएपनि प्रदेशको कार्यक्षमताको विषयमा गम्भीरतासाथ प्रश्न उठेको बताएका छन् ।

दुई सय वर्षको केन्द्रीकृत मानसिकता अहिलेसम्म रहँदा प्रदेशका बारेमा अब थप प्रश्न उठ्ने बताउँदै उनले भने, “यसको सर्भिस डेलिभरि कस्तो भयो ? यो अनावश्यक भयो कि ?” उद्योग संगठन मोरङको विराट एक्सपोमा आयोजित बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका विषयक प्यानल डिस्कसन कार्यक्रममा उनले यस्तो बताएका हुन ।

केन्द्रले ठूलो आयोजना र नीति अनि विकास निर्माणको सबै काम तल दिनुपर्ने भन्दै कामको अनुगमन गर्ने निकाय भने दह्रो बताउनु पर्नेमा जोड दिए ।

प्रदेश नं १ ले नाम पनि राख्न नसकेको विषयले केही नबिग्रिएको भन्दै दश कमजोरीमध्ये यो दशौं नम्बरको भएको जिकिर गरे । “धेरै कमजोरीमध्ये नाम राख्न सकेन भन्ने कुरा दशौं नम्बरको कमजोरी हो । १ नम्बर प्रदेश भन्दा केही बिग्रिएको छ ? उद्योग फस्टाउन रोकेको छैन् । अब नयाँ प्रदेशसभा आएको छ । नाम राख्ने नयाँ बिजनेस शुरुमै आयो । आत्तिनु पर्दैन । यसले गुणमा तात्विक सार होइन रुप मात्र हो,” उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार