Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम १ मा पुनः मतदानको माग गर्दै झलनाथ खनालद्वारा रिट दायर



काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

पौडलका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ । खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार