Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभाको समानुपातिकमा उदयपुरबाट ४ महिला संसद



तस्बीर सौजन्य : खुलासा डटकम

विराटनगर : प्रदेश १ मा दलहरुले समानुपातिक संसद चयन गरिसकेका छन् । प्रदेशसभामा चयन भएका ३७ समानुपातिक संसदमध्ये उदयपुरबाट चार जना महिला सांसद चयन भएका छन ।

प्रदेश संसदमा नेकपा एमालेबाट २, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट १–१ जना गरी चार जना महिलाले प्रदेश १ को समानुपातिक संसद हुने मौका पाएका छन् । एमालेको आदिवासी जनजाति महिलाबाट सृजना दनुवार र खसआर्यबाट गीतादेवी रेग्मी संसद बनेका छन् ।

यस्तै कांग्रेस र माओवादीको आदिवासी जनजाति महिलाबाट क्रमशः लिलादेवी राई र सम्झना तामाङ (योद्धा) समानुपातिक संसद बनेका हुन् ।

प्रदेशमा समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदर भएको थियो । सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएका छन् ।

समानुपातिबाट एमालेले १५ पाउँदा नेपाली काँग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता समाजवादी पार्टी र नेकपा एसले समान १–१ सिट पाउने भएका छन् । एमालेले प्रत्यक्षमा २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार