विराटनगर : मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती विजयी भएका छन् । नेकपा एमालेका दानबहादुर कार्कीलाई ३छछ मतको अन्तरले पराजित गर्दै उप्रेती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उप्रेती १५०३३ मत ल्याइ विजयी भएका हुन् । पराजित भएका कार्कीले १४६७८ मत ल्याएका छन् ।
उप्रेतीले तेस्रो प्रयासमा चुनाव जितेका हुन् । २०७० का भएको संविधानसभाको निर्वाचनमा उनले पहिलो पटक संसदीय चुनावमा भाग लिएका थिए । त्यसबेला उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले पराजित गरेका थिए ।
२०७४ मा एमाले माओवादीको बाम गठबन्धनबाट उनी प्रदेशसभा सदस्यमा उम्म्ेदवार थिए । त्यसबेला पनि उनी पराजित भए । २०७४ मा उनी नेपाली कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए ।