विराटनगर : प्रदेश १ को समानुपातिक मत परिणाममा नेकपा एमाले पहिलो स्थानमा छ । यो समाचार तयार पार्दा सम्ममा एमालेको प्रदेशसभाको समानुपातिकमा दुई लाख मत कटाएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार दिउँसो २ बजेसम्मको समानुपातिक मतलाई हेर्दा प्रदेश १ मा एमालेले २ लाख ५३६ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ८८ हजार ९९५ मत पाएको छ । समानुपातिकतर्फको तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । नेकपा माओवादी केन्द्रलाई उछिन्दै राप्रपा तेस्रो स्थानमा आएको हो ।
यसअघि माओवादी तेस्रो स्थानमा थियो । राप्रपाले ६४ हजार ४३८ मत पाउँदा चौथो स्थानको माओवादीले ६३ हजार ८८२ मत पाएको छ ।
पाँचौँ स्थानमा रहेको जसपाले ३० हजार ९७५ र छैटौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १५ हजार ३ मत पाएको छ ।