Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आङदेम्वेलाई ४७ मतान्तरले पराजित गर्दै पाँचथरमा एमालेका नेम्वाङ विजयी



विराटनगर : पाँचथरको प्रतिनिधिसभामा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ झिनो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई ४७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेम्वाङ ३२ हजार ११० मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी आङदेम्वेले ३२ हजार ६३ मत ल्याएका छन् ।

२०४८ र २०५६ को निर्वाचनमा उनी पाँचथरबाटै निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका आङदेम्वेलाई १० हजार बढी मतान्तरले पराजित गरेका थिए । नेम्वाङले ३८ हजार ६४१ मत ल्याउँदा आङदेम्बे २८ हजार २५ मत ल्याएका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । उनी हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार