विराटनगर : खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन् । उनी ३१ हजार ३५१ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
उनले नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका निवर्तमान संसद विशाल भट्टराईलाई पराजित गरेका हुन् । भट्टराई २६६९ मतान्तरले पराजित भएका हुन् । भट्टराईले २८६८२ मत ल्याएका छन् ।
२०७४ को प्रदेशसभा निर्वाचनमा खोटाङ (२) बाट निर्वाचित भएका राई प्रदेश १ को वर्तमान खानेपानी, तथा सिंचाइ तथा ऊर्जा मन्त्री पनि हुन् ।
यस्तै प्रदेशसभा (१) मा नेकपा एमालेका पाँच कर्ण राई विजयी भएका छन् । उनी १३ हजार १५७ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका विरबल काजी राईले ११ हजार ९६५ मत ल्याए ।
प्रदेश (२) मा नेपाली कांग्रेसका भुपेन्द्र राई १६ हजार ४९६ मतका साथ विजयी भएका छन् । उनले नेकपा एमालेका रामप्रसाद दंगाललाई पराजित गरेका हुन् । दंगालले १४ हजार ३५६ मत ल्याएका छन् ।