Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटामा एमालेको ‘क्लिन स्विप’



विराटनगर : धनकुटामा प्रतिनिधिसभासहित दुवै प्रदेशमा एमाले विजयी भएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् ।

उनी ३० हजार १०१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई १३९७ मतान्तरले पराजित गरेका हुन् । पराजित सुनीलबहादुर थापाले २८७०४ मत ल्याएका छन् । यस्तै माओवादी परित्याग गरी स्वतन्त्र उम्मेवार दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत ल्याएका छन् ।

यस्तै प्रदेश (१) मा नेकपा एमालेका निरन राई निर्वाचित भएका छन् । उनी १७ हजार १८ मतका साथ विजयी भएका हुन् । राईसँग नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राई पराजित भएका हुन् । अर्जुनकुमार राईले १० हजार २२५ मत ल्याएर प राजित भए ।

यस्तै प्रदेश (२) मा एमालेका इन्द्र मणी पराजुली १५ हजार ७९७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत ल्याएकी छिन् । पराजुली अघिल्लो पटक सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार