विराटनगर : सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रमा द्वारिकलाल चौधरी तेस्रो स्थानमा छन् । टिकट पाउने भएपछि चुनावको मुखैमा उनी एमालेबाट माओवादीमा प्रवेश गरेका थिए । उनी इटहरी उपमहानगरपालिकाका पूर्व मेयर पनि हुन् ।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यो क्षेत्रमा एमालेका रेवतिरमण भण्डारी अग्रस्थानमा छन् । भण्डारीले सुरुदेखिनै अग्रतासँगै मतान्तर पनि बढाउँदै लगेका छन् । भण्डारीले ८ हजारा ३२४ मत ल्याएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार द्वारिकलाल चौधरीभन्दा उनको ३ हजार २७७ मत बढी छ । दोस्रो स्थानमा राप्रपाका मोहन बहादुर खत्री छन् । खत्रीले ५ हजार ३४८ मत ल्याएका छन् भने चौधरीको मत ५ हजार ४७ छ ।
यो क्षेत्रमा हालसम्म २७ हजार ५६६ मतगणना भएको छ ।