Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ः प्रदेशसभामा कांग्रेस ५, एमाले ४, माओवादी २ र राप्रपा १ क्षेत्रमा विजयी


  • Purbeli Press
  • बुधबार, मंसिर ७ २०७९

विराटनगर : ५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा हालसम्म १२ क्षेत्रको नतिजा आइसकेको छ । निर्वाचन आयोगको विवरणअनुसार प्रदेशसभामा नेकपा एमाले चार क्षेत्रमा विजयी भएको छ । कांग्रेसले पाँच क्षेत्र जित्दा माओवादीले दुई र राप्रपाले एक क्षेत्रमा जितेको छ ।

झापाको १(१) मा नेकपा एमालेका रविन कोइरालाई पराजित गर्दै नेपाली कांग्रेसका गोपाल तामाङ विजयी भएका छन् । तामाङ २३ हजार ४५ मत ल्याएर निर्वाचित हुँदा कोइरालाले १८ हजार ६५७ मत ल्याए ।

झापाको १(२) मा राप्रपाकी उम्मेदवार सविना बजगाई विजयी भएकी छिन् । उनी १३ हजार ६२१ मतका साथ विजयी भइन् । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका श्यामवीर लिम्बूले १२ हजार २२५ मत ल्याए ।

झापा २ का दुवै प्रदेशसभामा एमाले विजयी भएको छ । प्रदेश (१) मा एकराज कार्कीले नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई फराकिलो मतले पराजित गरे । कार्कीले १८ हजार ७३१ मत ल्याएर विजयी भएका छन् भने पोखरेलले ६ हजार १०१ मत ल्याएका छन् ।

प्रदेश(२) मा एमालेका चिन्तन पाठक २० हजार १८४ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि कांग्रेसका खगेन्द्र मैनाली १६ हजार ३४४ मत ल्याएर पारजित भए ।

झापा ३ को प्रदेश (१) मा नेकपा एमालेका बसन्तकुमार बानियालाई हराउँदै नेपाली कांग्रेसका भुमीप्रसाद राजवंशी विजयी भएका छन् । विजयी भएका राजवंशीले २० हजार ७७० मत ल्याएका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका बानियाले १९ हजार ७०३ मत ल्याए ।

ओखलढुंगा प्रदेश (१) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार निर्वाचित भएका छन् । उनी १४ हजार ९१६ मतका साथ विजयी भएका हुन् । सुनुवारसँग नेकपा एमालेका अम्बिरबाबु गुरुङ पराजित भएका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेको गुरुङले १४ हजार ५५६ मत ल्याए ।

यस्तै प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम १५ हजार ७३८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत ल्याएका छन् ।

उदयपुर क्षेत्र नम्बर २(१) मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर विजयी भएका छा् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी ८ हजार १०५ मतका साथ विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन् । राईले ८ हजार ७० मत ल्याएका छन् ।

उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (२) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । १२ हजार ६२७ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत ल्याए ।

मोरङको क्षेत्र नम्बर ४ को प्रदेश (१) मा नेकपा एमालेका जय प्रकाश चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । उनी १५ हजार ४६५ मतका साथ विजयी हुँदा घिमिरेले १५ हजार ५९ मत ल्याएका छन् ।

मोरङ क्षेत्र नम्बर ५ को प्रदेश (१( मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन् । उनी १४ हजार ८४३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले ८ हजार ९०९ मत ल्याएका छन् ।

सोलुखुम्बुको प्रदेशसभा (२) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गर्दै राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् । राजभण्डारीले १० हजार १२८ मत ल्याएका छन् भने बस्नेतले ६ हजार ८१५ ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार