विराटनगर : ओखलढुङ्गामा प्रतिनिधिसभासहित दुवै प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका रामहरी खतिवडा विजयी भएका छन् ।
खतिवडा ३३ हजार ५५६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । सुनुवारले २६७३८ मत ल्याएका छन् ।
यस्तै प्रदेश (१) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार निर्वाचित भएका छन् । उनी १४ हजार ९१६ मतका साथ विजयी भएका हुन् । सुनुवारसँग नेकपा एमालेका अम्बिरबाबु गुरुङ पराजित भएका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेको गुरुङले १४ हजार ५५६ मत ल्याए ।
यस्तै प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम १५ हजार ७३८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत ल्याएका छन् ।