विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बरबढी मतले अघि लागेका छन् । ८३ हजार ५८१ मत गणना हुँदा ओलीले आफ्नो प्रतिस्पर्धिभन्दा २४ हजार ४३४ मतले अघि छन् ।
उनका निकटमत प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २० हजार ७२८ मत ल्याउँदा ओलीले ४५ हजार १६२ ल्याएका छन् । अघिल्लो निर्वाचनमा पनि ओलीले यही क्षेत्रबाट अधिकारीलाई फराकिलो मतान्तरले हराएका थिए ।
यस्तै प्रदेशका दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । प्रदेश ५(१) मा निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका हिक्मतकुमार कार्कीले अग्रता लिएका छन् । उनले ५७१५ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका जीवन राईले ५३२५ मत ल्याएका छन् ।
प्रदेश (२) तर्फ होमबहादुर थापाले ८८१३ मतका साथ अग्रस्थानमा छन् । माओवादी केन्द्रमा रेवतीराज पुरीले ६३२५ मत ल्याएका छन् ।