Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चुनावलाई लक्षित गर्दै एमालेले विराटनगरमा शक्ति प्रदर्शन गर्ने



विराटनगर : मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मोरङले विराटनगरमा वृहत् शक्ति प्रदर्शन गर्ने भएको छ । निर्वाचन क्षेत्र ४ र ६ का कार्यकर्ता तथा समर्थकहरूको सहभागीतामा बिहीबार विराटनगर बजारमा शक्ति प्रदर्शन हुने भएको हो ।

एमालेका जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक बाबुराम कार्कीका अनुसार विराटनगर तथा बूढीगंगा गाउँपालिकाको सीमानामा पर्ने पुस्पलाल चोकबाट बाजागाजासहित वृहत् ¥याली प्रदर्शन गरिनेछ ।

¥यालीमा दुवै क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार, केन्द्रीय, प्रदेश, जिल्ला र महानगर कमिटीका नेता तथा कार्यकर्ता, पार्टीका समर्थक र शुभचिन्तकहरू सहभागी हुने कार्कीले बताए ।

¥याली पुस्पलाल चोकबाट सुरु भई बुद्ध चोक, ठूलोमिल, भट्टा चोक, तीनपैनी, शनिहाट मोड, जलजला चोक, ट्राफिक चोकहुँदै महेन्द्र चोकमा पुगेर सभामा परिणत हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार