Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झिलिमिली दीपावलीमा बेलायतले पायो पहिलो हिन्दू प्रधानमन्त्री



भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन् । हिजो निर्विरोध कन्जरभेटिभ पार्टीको नेता चुनिएपछि सक्रिय राजनीति थालेको ७ बर्ष मै उनी बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो। सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू प्रधानमन्त्री बन्ने भएका छन् ।

बेलायतले भारतमा इस्ट इंडिया कम्पनीदेखि ब्रिटिश राजसम्म गरी ३४७ बर्ष शाशन गर्यो । भरतीयहरुका पुस्तौंपुस्ता त्यतिका दिन आफ्नै देशमा बेलायतीहरुको गुलाम बने। समय बलवान छ, त्यहि शाशित मुलुक भारतको जरोकिलो भएका युवाले अब त्यहि शाशक मुलुक बेलायत हाँक्दैछन्।

सहज गुजाराको खोजीमा ऋषिका हजुरबुवा–हजुरआमा भारतबाट पाकिस्तान हुँदै पूर्वी अफ्रिका गएका थिए। लामो समय त्यहाँ बसेर उनीहरु इंगल्याण्डको साउथह्याप्टन गए । साउथह्याप्टन नै ऋषिको जन्मथलो बन्यो।

हाम्रा बाउबाजेहरु भन्थे – निमुखाको पनि चर्खा त घुमिनै रहन्छ, त्यसै भनेका होइन रैछन्। सहन सक्यो र गर्न सक्यो भने सबैका दिन फिर्दारैछन्। औपनिवेशिक कालको चर्खाले अहिले भारत र बेलायतलाई एउटा नयाँ मोढमा पुर्याइदियो। सुनक शक्ति राष्ट्र ब्रिटेनको प्रधानमन्त्री हुनु भारतीयहरूका लागि अभूतपूर्व खुशी हो, अनि संसारभरका निमुखा र कमजोरहरुका लागि गतिलो मार्गदर्शन हो।

अक्सफोर्ड युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटीबाट दीक्षित सुनकले बोरिस जोनसनको सरकारमा अर्थमन्त्रीको सफल जिम्मेवारी बहन गरिसकेका छन्। क्रिश्चियन बाहुल्य बेलायतमा अर्थमन्त्रीको सफथ लिंदा ऋषिले भगवत् गीता छोएर शपथ खाएका थिए । अब फेरि बकिंघम प्यालेसमा बेलायती राजा चार्ल्स तृतीय समक्ष प्रधानमन्त्रीको सफथ समारोहमा ऋषि भगवत् गीता लिएर उपस्थित हुनेछन्।

भारतीय धनाड्य उद्योगपति नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गाँसेका सुनकले अर्थमन्त्री हुँदा तिहारमा आफ्नो सरकारी निवासमा धुमधाम दिपावली गरेका थिए। संयोग हो या उनको प्रारब्ध हो, दीपावलीकै झिलिमिलीका बीच ऋषिले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार