Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तिहारमा सामग्री किनमेल गर्न विराटनगरमा भीड



विराटनगर । तिहारका लागि चाहिने समाग्री किनमेल गर्नेहरुको विराटनगर वजारमा यतिबेला भीड बढेको छ ।
हिन्दु परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको विक्री हुने गर्दछ । यसपटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाडाहरु किन्नको लागि सर्वसाधारणहरुको बजारमा घुइँचो नै लागेको छ ।
अगाडिका वर्षहरुमा भन्दा यस वर्ष पुजा गर्न चाहिने सवै समानकोे भाउँ बढेको छ । तिहारमा चाहिने भाई मसला र बत्तिका सामनको पनि मुल्य बृद्धि भएको छ । लक्ष्मी पुजा गर्नको लागि चाहिने केरा, नरिवल, माटो तथा धातुका सामग्रीहरु स्थानीय स्तरमा नै उपलब्ध भएपनि बढी विक्री हुने फलफूल, भाईमसला साथै फूलहरु र झिलिमिली बत्तीका सामान भने भारतबाट ल्याउने गरिएकोले उपभोक्ताले बढी मुल्य तिरेर किन्नु परेको छ ।
तिहारका अवसरमा विराटनगरमा करिब ८० देखि एक करोड रुपैयाँ सम्मको विभिन्न सामग्री विक्री हुने गरेकोे व्यापारीहरुले बताएका छन् । विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार