विराटनगर : विराटनगरको औद्योगिक घराना अर्थात राठी ग्रुपका अरुण राठीले गरीब, किसान, मजदुर र उद्योगी सबैलाई बुझ्ने र सबैका समस्या समाधान गर्ने भिजन एमालेमा भएकाले आफु कम्युनिष्ट भएको बताए ।
जीवनमा कहिल्यै कम्युनिष्ट हुने नसोचेको बताउँदै राठीले एमालेको भिजन र एमालेले गरेका कार्य देखेर आफु कम्युनिष्ट भएको बताए । मजदुर र उद्योगी दुवैलाई बचाउँने र दुवैको हित गर्ने योजना एमालेसंग भएकाले आफु आर्कषित भएको उनको भनाइ थियो । एमाले सरकारमा भएकाबेला मजदुरको पक्षमा काम गरेको र उद्योगीका समस्या समाधानमा पनि गरेकाले एमाले मुलुकको हित चाहने पार्टी भएको उनले बताए ।
राठी ग्रुपले मजदुरका लागि आयोजना गरेको दीपावली र छैठको शुभकामना कार्यक्रममा राठीले नेपालको माटो सुहाउँदो नीति एमालेलेमात्र बनाउँने विश्वास व्यक्त गरे।
पाँच वर्षदेखि नेकपा एमालेमा सक्रिय राठीले नेकपा एमालेले प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको बन्द सुचीमा नाम राखेको छ ।