Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज



विराटनगर : निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसअघि उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार