Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गृह प्रदेशमा ४ सिटमै खुम्चियो शेखर समूह

माओवादीले छाड्दा सोलुखुम्बुमा केसीलाई टिकट



विराटनगर : नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा देशभर २३ सिट पाएको छ । कोइराला समूहले ४० प्रतिशित माग गर्दै आएको थियो ।

२८ निर्वाचन क्षेत्र रहेको प्रदेशमा गठबन्धनबाट कांग्रेसको भागमा १९ क्षेत्र परेको छ । तर, इतर समूहको नेतृत्व गरिरहेका नेता शेखर कोइराला समूहले भने प्रदेश–१ मा सम्मानजनक सिट पाउन सकेनन् । १९ मध्ये कोइराला समूह ४ सिटमा खुम्चिएकको छ ।

शेखर कोइरालको गृह जिल्ला मोरङमा तीन र सोलुखुम्बुमा एक सिट पाएको छ । माओवादीले दावी गर्दै आएको सोलुखुम्बुमा माओवादीले छाडेपछि कांग्रेसको कोइराला समूहको भागमा परेको छ । १४ जिल्लाम दुई जिल्लामा मात्रै प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी पाएको कोइराला समूहले १४ औँ महाधिवेशनका महामन्त्री उम्मेदवार डा. मिनेन्द्र रिजाललाई टिकट दिलाउन सकेनन् । २०७४ को निर्वाचनमा ६ क्षेत्र रहेको मोरङमा कांग्रेसबाट चुनाव जित्ने रिजाल एका मात्र नेता थिए ।

मोरङ क्षेत्र नम्बर–६ बाट शेखर कोइराला आफैले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ १ मा डिकबहादुर लिम्बु, ३ मा डा. सुनिल शर्मा र सोलुखुम्बुमा बलबहादुर केसीले टिकट पाए । अन्तिम समयमा माओवादीले टिकट छाडेपछि शेखर समूहबाट केसीले टिकट पाएका हुन् ।

प्रदेश १ मा देउवा समूहले १३ सिट पाउँदा कृष्ण सिटौला समूहले दुई सिट पाएका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार