Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, मुख्यमन्त्रीसंग ७७ लाख नगद

सबैभन्दा धनी मन्त्री सरावगी, गरीब मगर



विराटनगर । प्रदेश नंं. १ सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण शुक्रबार सार्वजनिक गरेको छ । सरकारले मुख्यमन्त्रि तथा मन्त्रिपरिषद प्रदेश नं. १ को कार्यालयको वेवसाइट मार्फत मुख्यमन्त्री र अन्य १३ जना मन्त्रिको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार हरेक आर्थिक वर्षको ६० दिन भित्रमा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईसंग विभिन्न बैकमा ७७ लाख १६ हजार रुपैया बढी छ । उनकी श्रीमती शोभा पाठकका नाममा रहेको बैकमा समेतको हो ।

नगद बैकमा राखेको बचत र सुनको तुलना गर्दा प्रदेशका सबैभन्दा धेरै धन भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीसंग छ । उनीसंग एकसय तोला सुन र १० लाख नगद सहित विभिन्न बैंक गरेर १ करोड ४० लाख १२ हजार रुपैया छ । सार्वजनिक विवरण अनुसार उनीसंग रहेको जग्गा र विभिन्न उद्योगमा लगानी पनि अरु मन्त्रीको भन्दा धेरै छ ।

विवरण अनुसार प्रदेशका मन्त्री मध्ये सबैभन्दा कम धन कृषि मन्त्री झलक बहादुर मगरसंग छ । उनीसंग दुई तोला सुन र दुईलाख नौ हजार रुपैया नगदमात्र छ ।

सार्वजनिक सम्पत्ति विवरणमा यस पटक पूर्वेली प्रेसले सुन र बैकंमा रहेको नगदलाई केन्द्रीत गरेको छ । तलको तालिकामा हेरौं प्रदेश नं १ का मन्त्रीहरुको सुन र नगद मौज्दातः

प्रतिक्रिया
सम्बन्धित समाचार