Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै रोजगार मेला आयोजना हुने



विराटनगर : विराटनगरमा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै रोजगार मेला आयोजना हुने भएको छ । प्रदेशका विभिन्न जिल्लाका अपांगता भएका व्यक्तिहरुलाई रोजगारीको समेत सुनिश्चित गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासंघ नेपाल र करुणा फाउण्डेसनको संयुक्त आयोजनामा कार्तिक १८ र १९ गते मेला हुने भएको हो ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को समन्वय र उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको सहयोगमा मेला आयोजना हुने बताइएको छ ।

बिहिबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नु नै मेलाको मुख्य उद्धेश्य भएको बताए ।

दुई दिनसम्म चल्ने मेलामा गार्मेन्ट, वित्तीय, शैक्षिक, साना उद्योग, स्वास्थ्य, उत्पादन लगायत ९ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार