Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शल्यक्रिया गरेको ९ घण्टापछि रंगेली असपतालमा सुत्केरी महिलाको मृत्यु



विराटनगर : मोरङको रंगेली असपतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । शल्यक्रियामार्फत प्रसूति गरेको ९ घण्टापछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

शल्यक्रियामार्फत प्रसूति गराइएकी सुनवर्षी नगरपालिका-९ की २५ वर्षीया सुस्मिता मण्डलको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार उनको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो ।

आमाको मृत्यु भएपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि सामान्य अवस्थामा रहेकी सुष्मितालाई एक्कासि पेट दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार