Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापा-५ बाट केपी ओली सर्वसम्मत उम्मेदवार सिफारिस



विराटनगर : नेकपा एमालेले प्रतिनिधिसभा उम्मेदवारमा पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसम्मत सिफारिस गरेको छ । ओलीलाई झापा–५ बाट सर्वसम्मत सिफारिस गरिएको हो।

२०७४ मा झापा ५ बाटै निर्वाचित भएका ओलीले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । ओलीले ५७ हजार १३९ मत ल्याउँदा अधिकारीले २८ हजार २ सय ५७ मत मात्र ल्याएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार