Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेबाट प्रदेशको समानुपातिकमा बरुवाको दावी



विराटनगर : नेपाल राष्ट्रिय बंगाली संगठनका केन्द्रीय सचिव सञ्जय बरुवाले नेकपा एमालेबाट प्रदेशमा समानुपातिक सदस्यको दावी गरेका छन् ।

नेकपा एमाले संघीय निर्वाचन क्षेत्र मोरङ ४ (ख) बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले आफूलाई अल्पसंख्यकबाट संसद बनाउनेमा आशावादी रहेको बताए ।

विराटनगर २ निवासी बरुवा विभिन्न कमिटीमा बसेर काम गरिसकेका छन् । उनले यसपटक अल्पसंख्यकबाट पार्टीले न्याय गर्नुपर्ने दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार