Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मैले टिकट पाए चुनाव जित्छु : बराल


  • Purbeli Press
  • आइतबार, भाद्र १९ २०७९

विराटनगर : नेकपा एमालेबाट मोरङ संघीय निर्वाचन क्षेत्र ६ को (क) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिस भएका व्यवसायी युवराज बरालले आफूले टिकट पाए निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् ।

बामपंथी राजनीतिसँगै व्यवसाय गर्दै आएका बरालले आफूले टिकट पाएमा निर्वाचन जित्ने बताएका हुन् ।

आफू पार्टीमा निरन्तर लागेको र पार्टीका हरेक गतिविधिमा आफूले सकेको सहयोग गर्दै आएकाले पनि आफू निर्वाचनमा टिकट पाउने र निर्वाचनमा विजय हुने बरालले बताए । २०४२ सालदेखि पार्टी राजनीतिमा सक्रिय हुँदै आएका बरालले पार्टीका विभिन्न कमिटीमा काम गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार