विराटनगर : नेकपा एमालेबाट मोरङ संघीय निर्वाचन क्षेत्र १ को (ख) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ पूर्व जिविस सभापति खड्गबहादुर बस्नेतसहित तीन जनाको नाम सिफारिस भएको छ ।
सिंहदेवी गाविसका पूर्वअध्यक्ष भइसकेका डिल्लीराम शर्मा त्यस्तै मिक्लाजुङ गाउँपालिकाका एमाले अध्यक्ष बुद्धिमान लिम्बूको पनि नाम सिफारिस भएको छ ।
२०५४ सालको स्थानीय तहको निर्वाचनमा जिविस सभापति भएका बस्नेतले यसपटक आफूले टिकट पाउने विश्वास व्यक्त गरे । उनले आफ्नो यो निर्वाचन लड्ने अन्तिम पटक भएको बताउँदै आफूले त्यस क्षेत्रमा गरेको विकासबाट पनि मतदाताहरुले आफूलाई विश्वास गर्ने बताए ।
२०४९ सालमा केराबरी गाविसको उपाध्यक्ष भएका बस्नेत नेकपा एमालेका पूराना तथा इमान्दार नेता हुन् ।
त्यस्तै समानुपातिकमा त्यस क्षेत्रकी चर्चित नेतृ शान्ति लिम्बूको नाम सिफारिस भएको छ ।