Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ६ (ख) बाट पर्शुराम बस्नेतसहित ७ जनाको नाम सिफारिस


  • Purbeli Press
  • शनिबार, भाद्र १८ २०७९

विराटनगर : नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएको छ । बस्नेतको नाम मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो ।

प्रदेश निर्वाचन क्षेत्र (ख) बाट बस्नेतसहित रमेश पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम सिफारिस भएको छ ।

यस्तै सो निर्वाचन क्षेत्रबाट समानुपातिकातर्फ सरस्वती खरेल, मदनकिशोर कामत, बिक्रम लुइटेल, गिरेन्द्र कार्की, प्रमिला राउत, विजय कामत, मो. इमाम हैदर, सन्तोषी श्रेष्ठ, अरुण राठी, इन्दु गुप्ता, तीलाकुमारी शर्मा, आरती गेलाल, रिंकु परियार, जयप्रकाश महतो, इन्दिरा गिरि, मीनकुमार आचार्य र मिरा दलीको नाम सिफारिस भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार