Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा एकै परिवारका तीनजनाको हत्या, आशंकामा एकजना पक्राउ



उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा नरबहादुर बस्नेत पक्राउ परेका छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।
बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’ उनीहरूको शब निजकैको खोलामा भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार