Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यसपटक विराटनगरको राधाकृष्ण रथ यात्रा निकालिने


  • Purbeli Press
  • सोमबार, साउन ३० २०७९

विराटनगरमा भएको रथयात्राको फाइल तस्बिर

विराटनगर : यसपटक विराटनगरको राधाकृष्ण रथ यात्रा निकालिने भएको छ । हरेक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्ने गरिएको राधाकृष्ण रथयात्रा कोरोना महामारीका कारण केही वर्षदेखि स्थगित गरिएको थियो ।

यसअघि जिल्ला प्रशासनले कोरोनाको संक्रमण बढ्दै गएका कारण भीडभाड नगरी सामान्य विधि पुर्याएर निकाल्ने तयारी गरेपछि चौतर्फी आलोचना भएपछि बृहतरुपमा निकालिने भएको हो ।

विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधा, कृष्णको युगल जोडी सवार भव्य रथ यात्रा आयोजना गर्ने परम्परा छ। विराटनगरमा १९८८ देखि खट यात्राका रुपमा रथ यात्राको सुरुवात गरिएको थियो। त्यतिवेला भगवान राधाकृष्णको  युगल जोडीको मुर्तिलाई खट(खाट)मा राखेर नगरको परिक्रमा गरिन्थ्यो। विराटनगरमा आधुनिक रथ यात्राको सुरूवाद भने विसं २०२५ सालदेखि भएको हो। विराटनगरमा आयोजना हुने रथयात्रामा नेपाल र सीमावर्ती भारतीय जिल्लाहरूबाट लाखौं भक्तजनहरू सहभागि हुने गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार