विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेदेखि बैठक बस्न लागेको हो ।
गत असार १९ गते बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगन भएको बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । सरकार र दलहरुले यो अधिवेशनमा प्रदेशको नामकरण गर्ने बताएपनि अहिलेसम्म नामबारे सहमति जुटेको छैन् ।