Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेलबारी नगरपालिकाले सुरू गर्याे जमिनको वर्गीकरणको काम



विराटनगर । मोरङको बेलबारी नगरपालिकाले जमिनको वर्गीकरण गर्नका लागी सरोकारवाला निकाय सँग छलफल सुरु गरेको छ ।
भू – उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका वडाका जग्गालाई १० भागमा वर्गीकरण गरी त्यसैको आधारमा जग्गाको बर्गकरण गर्ने तयारीमा नगर लागेको हो ।
सरकारले जग्गा जमिन बिक्री वितरणमा कडाइ गरेको अवस्थामा नगरमा रहेको जग्गा वर्गीकरण गर्दा बिक्री वितरणमा सहज हुने नगर प्रमुख दिल प्रसाद राईले जानकारी दिनुभयो । उहाले जग्गा धनीलाई जमिन बाँझो नराख्न आफैँले खेती गर्न प्रोत्साहनस्वरुप कार्यक्रम ल्याउने र आफैँले नसक्ने भएमा अरुलाई भाडामा दिएर भए पनि जमिन बाँझो नराख्ने नीति अगाडि सारेको बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली, २०७९ लागू हुन अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति प्राप्त गरेका कम्पनी वा निकायलाई जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था भू–उपयोग नीतिअनुसार रहेको समेत उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार