Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नामाकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै


  • Purbeli Press
  • शुक्रबार, साउन ६ २०७९

विराटनगर : प्रदेश–१ को नामको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । प्रदेशको नामकरणको विषय टुंगो लगाउन बैठक बस्न लागेको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दललाई पत्राचार गर्दै सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

नामको विषयमा दलहरूबिच एकमत छैन । भौगोलिक र जातीय पहिचानको विषयमा राजनीतिक दलले आ–आफ्नो अडान राखेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन् ।

नेकपा एमालेले कोशी, कांग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला नाम प्रस्ताव गरेपछि नामको विषय सकसपूर्ण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार