Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ प्रहरी : एक वर्षमा ३९ करोड २१ लाख राजश्व संकलन, ८ हजार ५५ मुद्धा दर्ता


  • Purbeli Press
  • शुक्रबार, साउन ६ २०७९

विराटनगर : प्रदेश १ मा प्रहरी एक वर्षको अवधिमा ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूबीच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा आर्थिक २०७८/०७९ मा ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

एक वर्षको अवधिमा ८ हजार ५५ बटा मुद्धा दर्ता भएका छन् । आर्थिक वर्षमा ८ हजार ५५ वटा विभिन्न अपराध सम्बन्धि शिर्षकमा मुद्धा दर्ता भई कानुनी कारवाहीसमेत भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए ।

३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छाैट गरिसकेको छ । यस्तै विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । उनीहरुबाट ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको राईले जानकारी दिए ।

यस्तै प्रहरीले आर्थिक वर्षमा अवैध भन्सार चोरी निकासी गर्ने ७३ जनालाई पक्राउ गरेको छ भने ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ ।

नदिजन्य पदार्थको अवैध दोहन गर्ने ३७ जना र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरी ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरेको छ ।

यस आर्थिक वर्षमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारवाही गरी १८ करोड १ लाख ५९ हजार राजश्व संकलन भएको प्रवत्ता राईले जानकारी दिए । राईका अनुसार लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७ मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको छ । उनीहरुबाट ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ ।

प्रदेश प्रहरीले एक वर्षको अवधिमा उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना प्रहरीलाई पुरस्कृत गरेको छ । प्रहरी आचरण विपरित कार्य गर्ने ४ सय २८ जना प्रहरीलाई विभागिय कार्वाही गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार