विराटनगर : मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा तत्काल विशेषज्ञ डाक्टर उपलब्ध गराउन स्वास्थ्य मनत्रालयको ध्यानाकर्षण गराइएको छ । मंगलबार प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवको ध्यानाकर्षण गराइएको हो।
अस्पतालमा विशेषज्ञ डाक्टहरु नहुँदा विरामीहरु मर्कामा परेको भन्दै तत्काल डाक्टरको व्यवस्था मिलाईदिन मन्त्रालयसँग आग्रह गरिएको अस्पताल व्यवस्थापन समिति एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजम्बर राईसहितको टोलीले मन्त्री यादवसमक्ष अस्पतालको स्तरोन्नतिका लागि छलफल समेत गरेको थियो ।
प्रदेश १ सरकारको मातहतमा रहेको अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा पुर्वी मोरङ, दक्षिणी झापा र इलामका विरामीहरु मर्कामा परेकाले परेको अस्पतालले जनाएको छ ।